शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन लगायतले मास्क अनिवार्य प्रयोग गर्न तथा साबुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात हुन अपिल गर्दै आइरहेका छन् ।

विश्वका अधिकांश मुलुकमा अहिले मास्क अनिवार्य जस्तै भएको छ । यसैबीचमा भारतमा एक अनौठो खबर छ । भारतको मुम्बईको बृहन्मुम्बई महानगरपालिकामा मास्क नलगाउने मानिसले अचम्मको सजाय पाउँछन् ।

त्यहाँ अब कोही बिना मास्क सडकमा आएमा उसले सडकमा झाडु लगाउनु पर्नेछ । साथै २ सय रुपैयाँ जरिवाना समेत उसले तिर्नुपर्नेछ ।मुम्बईमा एपेडमिक एक्ट लागू भएपश्चात मास्क अनिवार्य गरिएको हो । -एजेन्सी

तपाईको प्रतिक्रिया