Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा एक लाख ३१ हजार २ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ९ प्रतिशत रहेको छ । आज मन्त्रालयका अनुसार ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १४ लाख ४३ हजार ३ सय ४३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ४ सय १० जना क्वारेन्टाइनमा छन् । नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया