Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

सरकारले गत शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले गर्ने विज्ञापन प्रसारण रोक्ने व्यवस्था (क्लिन फिड) नीति लागू गरे पनि यसबाट आम उपभोक्ता प्रभावित बनेका छन् । एक वर्षअघि नै ऐन पारित भइ क्लिन फिड लागू गर्ने मिति तय भइसके पनि सेवा प्रदायकले पर्याप्त तयारी नगर्दा उपभोक्ताले अग्रिम शुल्क तिरेर पनि विभिन्न च्यानल हेर्न पाएका छैनन् । खासगरी इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने ठूलो संख्याका दर्शक यसबाट प्रभावित बनेका छन् ।
गत वर्षको कात्तिकबाटै क्लिन फिड लागू गर्न भन्दै एक वर्षको समय दिए पनि पर्याप्त तयारी हुन नसक्दा उपभोक्ता भने मारमा परेका छन् । नेपालमा यसअघि प्रसारण भइरहेका झण्डै तीन दर्जन विदेशी टेलिभिजन च्यानल प्रभावित भएका छन् भने ती च्यानलका लाागि पैसा तिरेका ग्राहक मारमा परेका छन् । क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर्नुपर्ने उपकरण आयात र विदेशी टेलिभिजन आफैंले गर्नुपर्ने तयारी नगर्दा भारतीय स्टार इन्डियासहितका केही विदेशी च्यानलको प्रसारण रोकिएको छ ।
सरकारले गत वर्ष कात्तिक ८ मा विज्ञापन नियमन ऐन जारी गर्दै नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलले कानुन जारी भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । तर, व्यवसायीहरूले भने यो समय पयाप्त नभएको भन्दै लकडाउन अवधिको समय थप गर्न माग गर्दै आएका थिए । न्यायालयले पनि लकडाउनको अवधिलाई शून्य समय मानेकोले क्लिन फिडमा पनि समय थप गर्न व्यवसायीहरूको आग्रह गरेका थिए । नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले लकडाउन अवधिमा सामान ल्याउन नकसेकोेले केही समय थप गर्न माग गरेको बताए । शून्य समय सबै उद्योग व्यवसायलाई सामान रूपमा लागू हुनुपर्ने भए पनि सरकारले नदिएको उनको गुनासो छ । एकोहोरो तरिकाले क्लिनफिड लागू गर्दा टेलिभिजन खाली पठाउनुको विकल्प नभएको उनको भनाइ छ । अहिले पनि केही टेलिभिजन सेवाप्रदायक बन्द छन् भने केहिले सधैँका लागि प्रसारण रोक्ने पनि भनेका छन् ।
क्लिनफिडबाट करिब १२ अर्ब रुपैयाँ बराबरको नेपाली विज्ञापन बजार दोब्बर हुने र त्यसले आम सञ्चारसँगै विज्ञापन व्यवसायमा पनि व्यापक विस्तार हुने बताइएको छ । यतिमात्र नभइ यसले नेपाली च्यानलको गुणस्तर बढाउनमा पनि अब दबाब सिर्जना गर्ने बताइएको छ । नेपालमा दबदबा रहेका भारतीय च्यानलहरूले कतार, दुबई, मलेसियाजस्ता देशमा क्लिनफिड लागू गरिसकेकाले नेपालका हकमा प्राविधिक पक्ष देखाएर टार्न खोजेको आरोप पनि लागिरहेको छ । यद्यपि क्लिनफिड दिन नसक्ने निशुल्क च्यानलको प्रशारण भने अब नेपालमा रोकिने अवस्था सिर्जना भएको पराजुलीको भनाइ छ ।
क्लिनफिड लागू भइसके पनि प्रविधिको पछिल्लो विकास र रूपान्तरणका कारण टेलिभिजन मिडियाभन्दा सामाजिक सञ्जाल नै बढी प्रभावशाली भइसकेका कारण अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसक्ने कतिपय विश्लेषकहरूको भनाइ छ । क्लिनफिडले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुने टेलिभिजन सञ्चालकहरू बताउँछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया