काठमाडौं – मौसम परिवर्तनको बेला अहिले काठमाडौंसहित मुलुकभर कैयौं व्यक्तिमा रुघा लाग्ने, ज्वरो आउने र खोकीको लक्षण देखिएका छन् । यसलाई कतिपयले सामान्य ज्वरो, रुघा र मौसम परिवर्तनको कारण माने पनि चिकित्सकहरुले भने तत्काल पीसीआर गर्न सुझाव दिएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पीसीआर नगरि आफुखुसी विभिन्न औषधि प्रयोग गर्दा पछि झनै जोखिम हुन सक्ने हुँदा तत्काल पीसीआर परीक्षण गर्न सुझाव दिएका छन् । डा. अनुप सुवेदीले सामाजिक सञ्जाल ट्विटरमार्फत ज्वरो, खोकी, अरु बेलाभन्दा बढी टाउको दुख्ने, जिउ गल्ने लगायतका समस्या देखिएको भए तत्काल पीसीआर परीक्षण गर्न सुझाव दिएका छन् ।’कोभिडका जस्ता लक्षण (ज्वरो, खोकी, अरु बेलाभन्दा फरक बढी टाउको, जिउ दुख्ने वा जिउ गल्ने, कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने) देखिने बित्तिकै पीसीआर परीक्षण गराइहाल्नु अत्यन्त जरुरी छ है,’ – उनले लेखेका छन्, ‘कारणहरु- यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार सुरू गर्न पाइन्छ, र अनावश्यक सम्भवतः हानिकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन । लक्षण सुरु भएको ८-९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पीसीआर पहिल्यै नगरेको हुनाले फेरि पीसीआर पठाएर नतिजालाई थप १-२ दिन कुर्दाकुर्दै झन् सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो । कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण सुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन्, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ । प्रायः बिरामीले १-२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन्, पीसीआर गर्न आवश्यक ठान्दैनन् । तर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना भने लक्षण सुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पीसीआर पहिचान गर्ने क्षमता धेरै घट्छ । झन् दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना धेरै कम हुन्छ । र सही उपचार नपाउने, गलत उपचार पाउने सम्भावना पनि बढ्छ । मानौं, तपाईँ अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर पीसीआर भएको छैन । कोभिडको पुष्टि भइसकेकालाई अरु कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ । तर कोभिडको शंका मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न मिल्दैन, छुट्टै कोठामा एक्लै राख्नुपर्छ नत्र सँगै राखिएका एकलाई कोभिड रहेछ र अरुलाई रहेनछ भने अरुलाई पनि सर्ने खतरा हुनेभो । त्यसैले तपाइँलाई भर्ना गर्न एक्लै छुट्टै कोठा लिनुपरयो जुन अचेल एकदम दुर्लभ छ । कोभिड वार्डमा जति बेड खालि भए पनि तपाइँलाई राख्न मिलेन । त्यसैले कोभिडको लक्षण देखिनेले कम्तिमा पीसीआर चाँडो गरिहाल्नु जरुरी छ है ।’
उनले त्यस्ता संकेत देखिए पीसीआर गरेर रिपोर्ट नआउँदासम्म छुट्टै बस्न पनि आग्रह गरेका छन् । @***
प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७७
प्रकाशित समय: ९:३५:२३