Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – चिनियाँ कम्पनीहरुलाई कोरोना भाइरस महामारी र तनावपूर्ण विश्व राजनीतिक अवस्थामा पनि आइपीओ मार्फत अर्बौं डलर पुँजी जम्मा गर्ने अवसर जुटेको छ । पछिल्लो ९ महिनामा चिनियाँ कम्पनीहरुको आइपीओले विश्व बजारको प्रमुख हिस्सा ओगटेको छ । चीनभित्र मात्र नभई अमेरिकी सेयर बजारमा समेत चिनियाँ कम्पनीहरु थपिनेक्रम तीब्ररुपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।

अहिले विश्वकै ध्यान सेयर बजारको एउटा खबरले तानेको छ । त्यो हो, करिब पौने ४१ खर्ब रुपैयाँबराबर (३४ अर्ब ५० करोड डलर) को प्राथमिक सेयर निष्कासन (आइपिओ) । विश्वकै १७औँ धनाढ्यको सूचीमा रहेका ज्याक माको भुक्तानी र वित्तीय सेवाप्रदायक कम्पनी एन्ट ग्रुपले यो सेयर निष्कासन गर्न लागेको हो ।

विश्वकै सबैभन्दा ठूलो मोबाइल भुक्तानी प्रणाली सञ्चालन गर्ने अलिपेको संस्थापक एन्ट ग्रुपले नेपालको कुल गार्हस्थ्य उत्पादनभन्दा ३ अर्ब बढी रकम आइपिओमार्फत उठाउन लागेका हुन् ।

यसअघि सबैभन्दा ठूलो परिमाणको सेयर निष्कासन गरेको साउदी अरबको साउदी एराम्कोलाई एन्टले पछि पार्ने भएको हो ।

साउदी एराम्कोले सन् २०१९ मा २९ अर्ब ४० करोड डलरबराबरको सेयर जारी गरेको थियो । एन्टको निष्कासनसँगै प्रमुख पाँच ठूला निष्कासनमा चिनियाँ कम्पनीहरू अग्रस्थानमा रहेका छन् । साउदी एराम्कोभन्दा अघि सन् २०१४ मा ज्याक माकै अलिबाबाले २५ अर्ब डलरको सेयर निष्कासन गरेको थियो ।

सन् २०१८ मा जापानको सफ्ट बैंक ग्रुपले २१ अर्ब ५० करोडको आइपिओ निष्कासन गरेको थियो ।

सन् २०१० मा एग्रिकल्चर बैंक अफ चाइनाले २२ अर्ब १० करोड र सन् २००६ मा इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाले २१ अर्ब ९० करोड डलर सेयर निष्कासन गरेको थियो ।

 

 

 

 

 

(नयाँ पत्रिकाबाट )

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया