Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – कोरोना भाइरस महामारीको समयमा विदेशबाट मोबाइल भित्रिने क्रम बढ्दै गएको छ। यसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन/निषेधाज्ञाको समयमा पनि मोबाइलको खपत नरोकिएको देखाउँछ।

खास गरी लकडाउनको समयमा स्कुल तथा कलेजहरूले अनलाइन क्लास सुरु गरेपछि मोबाइलको माग ह्वात्तै बढेको हो। यस कारण विदेशबाट आउने मोबाइलको परिमाण पनि बढेको छ।

अनलाइन क्लासमा मोबाइलको र ल्यापटपको प्रयोग हुने गर्छ। तर ल्यापटपको तुलनामा मोबाइल फोन सस्तो पर्ने भएकाले पनि मोबाइलको बिक्री बढेको व्यापारीहरू बताउँछन्।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ११ अर्ब १० करोड १२ लाख रूपैयाँको मोबाइल भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ३ अर्ब ९१ करोड रूपैयाँले बढी हो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा ३१ वटा देशबाट नेपालमा मोबाइल आएका छन्। तर केही सीमित देशबाहके अन्य देशबाट १० लाखभन्दा पनि कम मूल्यका थोरै सेट मोबाइल भित्रिएको विभागको भनाइ छ।

नेपालले मोबाइल सर्वाधिक आयात गर्ने देशहरूमा चीन, भारत, भियतनाम, कोरिया, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स र जापान छन्।

तीमध्ये पनि चीनबाट सबैभन्दा बढी मूल्यको मोबाइल आएको छ। चीनबाट मात्रै यस अवधिमा ७ अर्ब ७ अर्ब ६ करोड ३१ लाख रूपैयाँको मोबाइल आयात भएको विभागले जानकारी दिएको छ।

यस्तै, भारतबाट ३ अर्ब ५४ करोड ६८ लाख रूपैयाँको, भियतनामबाट ४३ करोड ४८ लाखको, युएईबाट ११ करोडको र कोरियाबाट २ करोड ८६ लाख रूपैयाँको मोबाइल आएको विभागको तथ्यांक छ।

साथै, अमेरिकाबाट ७२ लाखको, बेलायतबाट ११ लाखको र जापानबाट १८ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया