काठमाडौँ – गाईसँग हाम्रो भावनात्मक सम्बन्ध छ । हामी गाई पूज्छौं । गाईलाई पवित्र र गुणी जनवार मानिन्छ । ग्रामिण समाजमा गाई पाल्ने परम्परा अनिवार्य जस्तै छ ।
गाईको दुध मात्र होइन, गौमूत्र समेत मानव स्वास्थ्यका लागि राम्रो मानिन्छ । कपितय रोगमा गौमूत्र को प्रयोग गर्नु सवोत्तम हुने बताइन्छ ।
धार्मिक दृष्टिले त्यस स्थान पवित्र मानिन्छ, जहाँ गाईको गोबरले लिपपोत गरिएको हुन्छ । यस्तो स्थानमा बसेर कुनैपनि पूजा-पाठ, यज्ञ, हवन, मन्त्रोच्चारण आदि गर्नु शुभ मानिन्छ ।
वैज्ञानिक दृष्टिले पनि यसको महत्व धेरै छ । अहिले पश्चिमा मुलुकमा समेत गोबरको प्रयोग बढ्दो छ ।
गोबरमा पर्याप्त मात्रामा खनिज तत्व हुनुका साथै यसमा फास्फोरस, नाइट्रोजन, चुना, पोटाश, म्याग्नेसियम, आइरन , सिलिकन, एल्म्युनियमको मात्रा पनि धेरै हुन्छ । गोबरमा अधिक मात्रामा खनिज रहेको हुदाँ यसले माटोलाई समेत उर्बरा बनाउँछ ।
गाईको गोबर अर्गानिक मलका लागि उपयोगी त थियो नै, यसबाट साबुन पनि बनाउन थालिएको छ ।
हाम्रै छिमेकी देश भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको हो । यो साबुन सामान्य साबुनभन्दा अलिक महँगो छ ।
भारत सरकारको खादी ग्रामोद्योग विभागले तयार पारेको यो साबुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।
साबुनले शरीरमा कुनै पनि खराब असर नपार्ने र छाला प्राकृतिक तरिकाले चम्किने कम्पनीको दाबी छ ।
कम्पनीले गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरेको छ ।