Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौँ – बहुपक्षीय ऋणदाता विश्व ब्यांकले नेपालको ग्रामीण व्यवसाय तथा आर्थिक विकाससम्बन्धी परियोजनाका लागि ८ करोड डलर (करीब रु. ९ अर्ब ५० करोड) ऋण सहयोग गर्ने भएको छ।
नेपालको कृषि क्षेत्र तथा महामारीपछिको आर्थिक पुनरुत्थानलाई सघाउने यो परियोजनाका लागि ब्यांकले ऋण सहायता अनुमोदन गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

ब्यांकको सहायताको कृषि व्यावसायीकरण तथा व्यापार आयोजनासहितका अरु परियोजनामा व्यापक अनियमितता भएको र ती परियोजनाले लाभ नदिएको तथ्यका बीच ब्यांकले उस्तै खालका परियोजनाका लागि फेरि अर्को ऋण दिन  लागेको हो।

यो परियोजनाले ग्रामीण कृषि व्यवसायको बजार पहुँचलाई वृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्नेछ। खासगरी महिलाद्वारा सञ्चालित कफी, चिया, फलफूल तथा जडिबुटी लगायत परियोजनालाई सहयोग गरिने ब्यांकले जनाएको छ।

नेपालका लागि ब्यांकको देशीय निर्देशक फारिस हदाद जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन्।

नेपालले दुई दर्जन परियोजना सञ्चालन गर्न विश्व ब्यांकसँग करीब ३ अर्ब डलर (करीब रु. साढे तीन खर्ब) ऋण सहयोग लिने समझदारी गरेर काम अगाडि बढाइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया