काठमाडौं – फ्रान्समा फेरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।
कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति म्याक्रोनले शुक्रबारदेखि नोभेम्बर अन्त्यसम्मका लागि लकडाउनको घोषणा गरेका छन् ।
लकडाउन भएपनि स्कुल र उद्योग भने खुल्ने भएका छन् भने अति आवश्यक नभएका उद्योग, रेस्टुरेन्ट र बार बन्द हुने छन् ।
फ्रान्समा मंगलबार मात्र ३३ हजारमा कोरोना पुष्टि भएको थियो ।
फ्रान्ससंगै युरोपको अर्को प्रभावित देश जर्मनीले पनि आंशिक लकडाउनको घोषणा गरेको छ । जसमा रेस्टुरेन्ट, जिम र थिएटर बन्द हुने घोषणा गरिएको छ । जर्मनीमा बुधबारमात्र थप ३१० जनाको मृत्यु भएको छ भने २४ हजार ७०१ जना संक्रमित भएका छन् । @