Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – सिन्जियाङ्ग प्रान्तमा देखिएको महामारीबीच चिनियाँ सरकारले फेरि एउटा शहरका पूरै मानिसहरूमा कोरोनाभाइरसको परीक्षण गर्दैछ। काशगार शहरमा करिब ४७ लाख मानिसहरूको परीक्षण गरिँदछ। अहिलेसम्म लक्षण नदेखिएका १३८ सङ्क्रमित फेला गरेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सङ्क्रमणको दर घटाउन समग्रमा चीन सफल देखिएको छ। तर ससानो सङ्ख्या सङ्क्रमण फैलिने क्रम जारी छ। सिन्जियाङ्गमा मूलतः मुस्लिम उइगर अल्पसङ्ख्यक बस्छन् जसलाई बेइजिङ्गस्थित सरकारले प्रताडित गर्ने गरेको मानव अधिकारवादी समूहहरूले आरोप लगाउने गरेका छन्।

आधिकारिक
काशगार शहरका विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको छैन। शहरको बाहिरी भेगस्थित शुफु काउन्टीस्थित एउटा गार्मेन्ट कारखानामा काम गर्ने एक महिलामा पहिलो पटक लक्षणविनाको सङ्क्रमण देखिएको हो।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार “नियमित परीक्षण”का क्रममा ती महिला सङ्क्रमित रहेको फेला पारिएको हो। चिनियाँ मुख्य भूभागमा विगत १० दिनयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला पारिएको हो। त्यसपछि व्यापक स्तरमा शुरू गरिएको परीक्षणका क्रममा लक्षण नदेखिएका थप १३७ जना फेला परेका हुन्।

लक्षण नदेखिएका सङ्क्रमितहरूलाई चीनमा आधिकारिक रूपमा सङ्क्रमण पुष्टि गरिएको कुल सङ्ख्या ८५,८१० मा जोड्ने गरिएको छैन। कोरोनाभाइरसबाट त्यहाँ हालसम्म ४,६३४ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

आइतवार अपराह्णसम्म काशगार शहरका २८ लाख मानिसको परीक्षण गरिएको छ र बाँकी रहेका मानिसहरूको दुई दिनभित्र परीक्षण सकिने अधिकारीहरूले बताएका छन्। यसअघि अक्टोबर महिनाको शुरूतिर चिङ्गदाओ शहरका सबै ९० लाख मानिसको परीक्षण गरिएको थियो।

एक करोड १० लाख जनसङ्ख्या रहेको वुहानमा गत मे महिनामा पहिलो पटक कोरोनाभाइरस देखिएको थियो। बीबीसी

तपाईको प्रतिक्रिया