टोकियो – क्योदाइ रेमिट्यान्स आईएमईले महान चाड दशैं र तिहारको अबसरमा विशेष योजना ल्याएको छ । आईएमईले विगतका वर्ष झैं यसवर्ष पनि आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी विशेष योजना ल्याएको हो ।
आईएमईका अनुसार यो योजना अक्टोबर १७ देखि नोभेम्बर १६ तारिकसम्म लागु हुनेछ । विजेताको छनौट लक्की ड्र मार्फत गरिनेछ भने योजना अन्तर्गत अघिल्लो दिन नेपाल पैसा पठाउनु भएका सम्पूर्ण सेवाग्राहीहरुलाई समावेश गरी भोलिपल्ट लक्की ड्र गरिनेछ । दैनिक लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताको छनौट गरिनेछ । यसरी बिजयी हुनुहुने सेवाग्राहीले १०,००० येन प्राप्त गर्नु आईएमईले जानकारी द्रिएको छ ।
नजिक हुनुहुने सेवाग्राहीले कार्यलयमा आएर र टाढा हुनेले बैंक खाता उल्लेख गरिएको पत्र उपलब्ध गराएर उपहारको रकम प्राप्त गर्न सक्नेछन् । क्योदाइ रेमिट्यान्स तथा आईएमईमा आवद्ध संचालक, कर्मचारी, एजेन्ट र तिनीहरुका एकाघरका सदस्यहरुलाई यो योजनामा समावेश गरिने छैन ।