Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – जापान मनी एक्सप्रेस (जेएमई)ले संचालन गरेको ‘दशैं सुनको बहार’ कार्यक्रम सुरु हुन अब एक साता मात्र बाँकी रहेको कम्पनीले जनाएको छ । जेएमई जापानमा नेपालीद्धारा संचालित पहिलो रेमिटयान्स कम्पनी हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जेएमईले गत सेप्टेम्बर १८ तारिखबाट अक्टोवर २० सम्म रेमिटयान्स गर्ने हरेकलाई उपहार योजनामा सामेल गर्ने एक विज्ञप्ती जारी गर्दै कम्पनीले जानकारी दिएको छ । भरपर्दो र विश्वासिलो सेवा प्रदान गर्ने क्रममा आफ्ना ग्राहकहरुलाई नेपालीहरुको महान चाड दशैंको अवसर पारेर जेएमईले आफनो भाग्यमानी ग्राहकलाई उपहार प्रदान गर्ने जनाएको छ ।

उपहार योजना अन्तर्गत यस पटक २४ क्यारेटको सुनको सिक्री उपहार राखेको जेएमईका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो । टोकियोलगायत जापानका विभिन्न शहरहरुमा शाखा कार्यालय तथा एजेन्ट मार्फत नेपालमा रेमिटयान्स सेवा दिदै आएको जेएमईले यस पटकको उपहार कार्यक्रममा गोलाप्रथाबाट प्रथम हुनेलाई एक तोलाको सुनको सिक्री, दोश्रोलाई आठ ग्रामको सुनको सिक्री तथा तेश्रोलाई छ ग्रामको सिक्री राखेको छ ।

आगामी सातासम्म रेमिटयान्स गर्ने प्रत्येक रेमिटयान्सलाई गोलाप्रथामा समावेश गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उपहारको नतिजा अक्टूबर २२ तारीख जेएमईको आधिकारीक फेसबुक पेज तथा विभिन्न संचार माध्यमहरुबाट लाईभ गरिने छ । विश्वमहामारीका बीच पनि विभिन्न स्थानमा रहि नेपालमा घर परिवारमा रेमिटयान्स गर्ने हरेक ग्राहकहरुलाई सुस्वास्थ्यको कामना गर्दै जेएमईले यस पटकको पर्वमा सजग रहेर मनाउन अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया