Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – निजी क्षेत्रबाट उद्योगी व्यापारीले म्याद नाघेका अखाद्य वस्तु बेचेका समाचारहरु आइरहेको बेला सरकारी स्वामित्वकै दुग्ध विकास संस्थान (डीडीसी)को स्टोर (गोदाम)मा ठूलो परिणाममा म्याद नाघेको मख्खन (बटर) भेटिएको छ ।

सरकारी अनुगमन टोलीले नै मंगलबार बजार अनुगमनका क्रममा संस्थानको बालाजुस्थित दुग्ध वितरण आयोजनामा अनुगमन गर्दा साढे १६ करोड रुपियाँ मूल्य बराबरको म्याद नाघेको बटर फेला पारेको हो । उक्त बटरमा लेबल पनि नलगाएको भेटिएको छ ।

काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले संस्थानको स्टोरमा खान अयोग्य एक लाख ९४ हजार ९७५ किलो बटर भेटेपछि यस विषयमा थप छानविन सुरु गरिएको छ । संस्थानका अधिकारीहरुले भने लकडाउन र निषेधाज्ञाका कारण स्टोरमा धेरै समयदेखि बटर रहन गएको बताउँदै ८ महिनाभन्दा पूरानो हुँदा पनि खानयोग्य हुने दावी गरेका छन् ।

महानगरपालिका हरिबहादुर भण्डारीका अनुसार निरीक्षण गर्दा अधिकाँश कार्टुनमा लेबल नै नरहेको, केहीमा लेबल भएपनि म्याद सकिइसकेको भेटिएको छ । मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गुणस्तरहीन खाद्यवस्तु सरकारी संस्थानले नै बिक्री गर्ने कुरा गम्भीर भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारी संस्थान भए पनि म्याद नाघेका वस्तु खुवाउनेलाई कारवाही हुनुपर्ने बताएका छन् । डीडीसीका उत्पादनहरुमा उपभोक्ताको विश्वास बढि रहेको बेला यस्ता घट्नाले विश्वास घट्दै जाने देखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया