Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तत्कालीन गौँडा प्रशासनका बेला श्री ३ महाराजालगायत नेपालका शाह वंशीय राजाहरुलाई प्रतिदिन हुलाकबाट पाँचदेखि १० केजीसम्म पठाइने चामल महिनौं दिनपछि काठमाडौं पुग्ने गर्दथ्यो । अहिले पनि शक्तिशाली र उच्च ओहदाका व्यक्तिहरुको आहारा बन्ने गर्छ कालीमार्सी । तर पनि बजारमा सजिलै सबैले भन्ने बित्तिकै यो चामल पाइँदैन ।

अर्गानिक हिमाली उत्पादनका ररूपमा पनि परिचित छ जुम्लीमार्सी धान । अधिकतम गुणात्मक महत्त्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबाली ठानिन्छ । अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रुपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान फल्ने दृष्टिकोणबाट निकै प्रख्यात छ ।

नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार ९२०२०० को तथ्यांकअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्त्वहरुसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ । अन्य धानभन्दा जुम्ली मार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ ।

कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले सबैभन्दा बढी चिसो सहन सक्ने क्षमता भएको कालीमार्सी धानमा प्रोटिन र सूक्ष्म तत्त्वहरु (आइरन, फोस्फरस), पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाइने गरेको बताए ।
‘जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुहरुलाई सक्रिय बनाउँछ, उनेले भने, ‘यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउँछ ।’

कालीमार्सी धानको सामाजिक मात्र होइन, सांस्कृतिक, धार्मिक महत्त्व र उपयोग पनि त्यत्तिकै छ । ऐतिहासिक गाथालाई केलाउँदा गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्च कोटीको धान बालीका रुपमा चिनिन्छि यसलाई । चन्दननाथ बाबाको तत्कालीन तपस्या (आजको अनुसन्धानं) बाट यसको प्रतिपादन भएको बताउँछन् कर्णालीको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य ।

‘केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको काश्मीरबाट ल्याएको भनेका छन् । यो नितान्त गलत हो,’ आचार्यले भने, ‘गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।’ यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले वि.सं. १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उनले बताए ।

साके संवत् १५१५ मा हरिदास भन्ने विद्वानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । किंवदन्तीअनुसार पछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको शुरुआत गरिएको र त्यो पछि साबिकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरुमा पाइन्छ ।

मार्सी धानको उत्पत्ति करिब ५५० वर्षपहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अति महत्त्व एवं गरिमाको कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट राइट) आजसम्म पनि कायम हुन नसक्नु दुःखद कुरा भएको प्रतिक्रिया दिए ।

२०५७ मा नेपालले विश्व व्यापार संगठनको सदस्य बनेर आफ्नो वस्तु र सेवा व्यापारमा विश्वव्यापी कानुनी मान्यता प्राप्त गरी ‘प्याटेन्ट राइट’ सुरक्षित गर्न खोजे पनि २०६१ वैशाख ११ (२३ अप्रिल २००४) मा यो डब्लुटिओको सदस्य बनेको छ । जडानमार्सीका रुपले समेत चिनिने जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने हेतुले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र (नार्क) विजयनगर जुम्लाले कार्य अगाडि बढाएको छ ।

उक्त धान सूचीकृतका लागि प्रस्तावना तयार गरिएको नार्क जुम्लाका प्रमुख एवं वरिष्ठ वैज्ञानिक तीर्थराज रिजालले जनाए । उनका अनुसार अब भने यसलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौंले सूचीकृत गर्ने भएको छ ।

‘ऐतिहासिक विराट गाथा बोकेको धान अहिलेसम्म सूचीकृत नहुनु विडम्बना हो,’ केन्द्रका प्रमुख रिजालले भने, ‘सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा आफ्नो स्वामित्वको अधिकार (प्याटेन्ट राइट) कायम राख्न सकेको छैन ।’

उनले कालीमार्सीको उत्पत्ति जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन नेपालले जतिसक्दो छिटो पहल गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ का कारण प्रस्तावना पेस गर्न ढिलाइ भएको बताउँदै उनले के–३९ र एन आर १०४८१ दुई जातका धानसमेत सिफारिस गरिएको जनाए । त्यस्तै केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि प्रस्ताव तयार गर्न थालिएको उनले बताए । उनले १२ जातका सिमी परीक्षण गरिरहेको जानकारी दिए ।

केन्द्र प्रमुख रिजालले सिमीको ‘प्याटेन्ट राइट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको बताए । उनका अनुसार केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भइरहेको छ । ब्लाष्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भइरहेको छ ।

कालीमार्सी सुरुवातको ऐतिहासिक भूमि तातोपानी गाउँपालिका जुम्लाका अध्यक्ष नवराज न्यौपानेले संरक्षणको अभावमा यो धानको उत्पादनमा कमी आउन थालेको बताए । निकै आडिलो, रक्तचाप, मधुमेहका बिरामीहरुको रोग नियन्त्रण गर्ने क्षमता भएको यो अन्नबालीसहित साबिकको कर्णालीमा उत्पादन हुने सिमी, कोदो, फापर, लट्टे, उवा, चिनो, कागुनो लगायतका रैथाने बालीहरुको संवद्र्धन तथा प्रवर्धन गर्न नेपालका सबै तहका सरकार गम्भीर भएर लाग्न उनले आग्रह गरे ।–रासस

तपाईको प्रतिक्रिया