काठमाडौँ – विश्वमा हालसम्म कोरोनाभाइरस संक्रमित भएकामध्ये ७५ प्रतिशतभन्दा धेरै निको भएका छन्। पछिल्लो तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या ३ करोड ७७ लाख ३२ हजार ५१४ पुगेको छ भने २ करोड ८३ लाख ३६ हजार १३२ जना निको भएका छन्।
हाल ८३ लाख १५ हजार २३६ संक्रिय संक्रमित रहेको विश्वमा कोरोनाभाइरसबाट १० लाख ८१ हजार १४६ जनाले ज्यान गुमाएका छन्।पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार ४६७ संक्रमित थपिएकोमा ३ हजार ७६८ जनाको मृत्यु भएको छ।
नेपालमा भने कोरोना संक्रमित हुनेको संख्या आइतबारसम्म १ लाख ७ हजार ७५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ। त्यसमध्ये १३ हजार ६४९ जना संस्थागत आइसोलेसन र १७ हजार ६६६ जना होम आइसोलेसनमा रहेका छन्। नेपालमा अहिलेसम्म ६३६ जनाको मृत्यु भएको छ।