शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौँ – सुशान्तसिंह राजपुतको निधनसँग जोडिएको लागुऔषध मुद्दामा रिया चक्रवर्तीलाई थप १४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एसीबी)को अनुसन्धान नसकिएपछि मंगलवार रिया र उनका भाइ शोविकलाई हिरासतमा राख्न मुम्बई सेसन कोर्टबाट तेस्रोपटक म्याद थप भएको हो।

अब रिया र शोविक अक्टोबर २० सम्म न्यायिक हिरासतमा रहनेछन्।

एनसीबीले ९ सेप्टेम्बरमा २८ वर्षीय रियालाई गिरफ्तार गरेको थियो। त्यसयता २० जनालाई एनसीबीले अनुसन्धानका क्रममा गिरफ्तार गरिसकेको छ।

तपाईको प्रतिक्रिया