Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – जब ज्याक माले आज भन्दा १६ वर्ष अघि अस्पष्ट भुक्तानी सेवाको सुरुवाती गरे, त्यतिबेला अत्यन्त थोरैले मात्र उनी सफल हुने अपेक्षा गरेका थिए । तर अहिले यो सेवा ‘एन्ट ग्रुप’को मेरुदण्ड भएको छ । यो, त्यस्तो विशाल आर्थिक शक्ति भइसकेको छ, जसको मूल्य २०० अर्ब डलर भन्दा माथि पुगिसकेको छ । ‘सानो नै सुन्दर, सानो नै शक्तिशाली’ भन्ने संस्थापकको विश्वासका कारण यो नाम राखिएको हो । तर ‘एन्ट ग्रुप’ जे भए पनि चीनमा एउटा सानो समूह हो । यसले हङकङ र सांघाईमा सार्वजनिक निष्कासन (आइपीओ) लागि प्रयास बढाइरहेको छ ।

यसआधारमा ज्याक मा अर्थात उनको कम्पनीले विश्वकै अहिलेसम्मकै ठूलो आइपीओ जारी गर्न सक्ने देखिन्छ । आन्ट मोबाइल पेमेन्ट सेवा हो । यसले विश्वकै अहिलेसम्मको ठूलो अर्थात् ३५ अर्ब डलर बराबरको आइपीओ जारी गर्ने तयारी गरेको छ । नियामक निकायबाट अनुमति पाउने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । यसले अनुमति पाएमा अहिलेसम्मकै ठूलो आइपीओ हुनेछ । यसअघि साउदी आरमाकोले २६.६ अर्ब डलरको आइपीओ जारी गरेर संसारकै सबै भन्दा ठूलो आइपीओको रेकर्ड बनाएको छ ।

ज्याक माको एन्टले यो रेकर्ड तोड्ने प्रयास गरेको हो । यसलाई अलिबाबाको ‘फिन टेक आर्म’ रुपमा पनि चिनिन्छ । आइपीओ निष्कासनका लागि कम्पनीका तर्फबाट सबै प्रक्रियाहरु पूरा भएका छन् । नियामकबाट अनुमति लिएर जति सक्दो छिटो जारी गर्ने प्रयास भइरहेको छ । कोरोनाका कारण पनि आइपीओ निष्कासन प्रक्रियामा केही विलम्ब हुन गएको बताइएको छ । सकेसम्म यही अक्टोबरमा निष्कासन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेको छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया