आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गएराति भएको फ्रेन्च लिग वान फुटबलमा सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित दर्ता गरेको छ । दुई खेलको प्रतिबन्धपछि मैदान उत्रिएका नेइमारले दुई गोल गरेका छन् । नेइमारको दुई गोलमा पीएसजीले एन्जर्सलाई ६-१ ले पराजित गरेको छ।

पुरै खेल अवधिभर एन्जर्समाथि हाबी देखिएको पीएसजीका लागि नेइमारले दुई गोल गर्दा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक–एक गोल गरे ।  पीएसजीले खेलको सातौँ मिनेटमा फ्लोरेन्जीको गोलबाट अग्रता लिएको थियो । नेइमारले पहिलो हाफको ३६ र दोस्रो हाफको सुरुवात अर्थात् ४७ औं मिनेटमा गोल गरे। ​

एन्जर्सका लागि खेलको ५२ औं मिनेटमा इजमाइल ट्राओरीले एक गोल फर्काए । ​एन्जर्सका लागि इजमाइलले गोल गरेपछि फेरि पीएसजीले तीन गोल गर्यो । पिएसजीका लागि ५७ औँ मिनेटमा ड्रेक्सलर, ७१ औँ मिनेटमा गुएयी र ८४ औँ मिनेटमा एमबाप्पेले थप तीन गोल गरे ।

तपाईको प्रतिक्रिया