Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – लियोनेल मेसीले लुइस स्वरेजलाई बार्सिलोन छोड्न बाध्य बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । स्वरेज ला लिगाकै एटलेटिको म्याड्रिड गएपछि मेसीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वरेज बार्सिलोनाको इतिहासमै एक महत्वपूर्ण खेलाडी भएको भन्दै मेसीले उनलाई अर्को टिमको जर्सीमा देख्दा आफुलाई असहज महसुस भएको बताएका छन् ।

सामाजिक संजालमा स्वरेजका लागि भावनात्मक संदेश लेख्दै मेसीले स्वरेज यसरी क्लबबाट निकाल्न लायक थिएनौ भन्दै भनेका छन् – ‘ तिमीलाई जसरी क्लबबाट बाहिर निकालियो तिमि त्यसका लायक थिएनौं । तर सत्य के हो भने अब यस अवस्थामा मलाई क्लबका केहि कुराले पनि अचम्म लाग्दैन ।’

मेसीले बार्सिलोनाप्रति आक्रामकरुपमा प्रस्तुत गर्दै भनेका छन् – ‘ तिमीलाई अर्को जर्सीमा देख्दा र अब तिमि बिरुद्ध खेल्नुपर्दा असहज महसुस भएको छ । तिमीले राम्रो बिदाई पाउनुपर्थ्यो किनकी तिमी बार्सिलोनाको इतिहासमा एक महत्वपूर्ण खेलाडी हौँ ।’

बर्सिलोनामा ६ बर्ष बिताएका स्वरेजले २८३ खेलमा १९८ गोल गर्दै क्लबको इतिहासमा तेस्रो धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीसँग व्यक्तिगत राम्रो सम्बन्ध भएका स्वरेजका लागि मेसीले लेखेका छन् – मैले पहिल्लाई कल्पना गरेको थिए तर आज ड्रेसिङ रुममा गएर तिमीसँग कुरा गर्न नपाउदा गाह्रो महसुस भयो । हामी तिमीलाई धेरै मिस गर्ने छौं ।’

तपाईको प्रतिक्रिया