बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

मुम्बई – बलिउड अभिनेता अर्जुन कपुर विगत १६ दिनदेखि कोरोना भाइरसको चपेटामा छिन् । आफ्ना चिकित्सकहरूको सल्लाहअनुसार उनी होम आइसोलेसनमा छन् । कोरोना पोजेटिभ भएपछि विगत १६ दिनदेखि उनले आफ्नो अवस्था बताएका छैनन् । उनका परिवारले अर्जुनलाई पहिलाको तुलनामा निकै राम्रो भएको बताएका छन् । चार दिनअघि गरिएको स्वाब परीक्षणमा उनको पोजेटिभ नै आएको थियो । त्यसपछिको अवस्थाबारे जानकारी गराइएको छैन ।

उनले टाइम्स अफ इन्डियालाई आफूले अबको एक महिनापछि प्लाज्मा दान गर्ने बताएका छन् । कोरोना संक्रमितबाट गम्भीर भएकाहरूले आफूले दान गरेको प्लाज्माले निकै ठूलो सहयोग पुग्ने बताउँदै उनले प्लाज्मा दान गर्न लागेका हुन् । आफ्ना चिकित्सकहरूसँगको सल्लाहअनुसार प्लाज्मा दान गर्दा हुने बताएपछि यो निष्कर्षमा आफू पुगेको उनको कथन छ । आफूले मुम्बईको सिटी अस्पतालमा पुगेर प्लाज्मा दान गर्ने पनि उनले बताएका छन् ।

अर्जुनका परिवारले उनको बारेमा चाँडै सकरात्मक खबर बाहिर आउने बताएका छन् । परिवारका अनुसार अब एक दुई दिनमै फेरि अर्जुनको स्वाब परीक्षण गरिने भएको छ ।

तपाईको प्रतिक्रिया