आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३ जना महिला र बाँकी पुरुष रहेका छन् ।

मृत्यु हुने पुरुषमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ र ६२ वर्षीय, काठमाडौंका ५८ र ७३ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय तथा बाँकेका ५० र ५९ वर्षीय छन् ।

त्यस्तै महिलामा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीयाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया