आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – नेपालमा थप ११५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार ११५४ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । संक्रमितमध्ये ४७ हजार २३८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४२७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया