बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौँ -ऋतिक रोशन गाडीको सौखिनै हुन् । उनले हालै आफ्नो मर्सिडिज कार ‘मोडिफाइड’ गरेका छन् । जुन, पहिलेभन्दा सानदार बन्न पुगेको छ ।

ऋतिकको मर्सिडीज डिसी–२ नामकले कम्पनीले ‘कस्टमाइज्ड’ गरेको हो । उनले कारको तस्बिर सामाजिक सञ्जालमा ‘पोस्ट’समेत गरेका छन् । जहा“बाट प्रस्ट देखिन्छ, कारको भित्रि भाग कतिसम्म आलीशान लाग्दछ ।

मर्सिडीज ‘कस्टमाइज’ कम्पनीलाई पूरै एकमहिना लाग्यो । यसपछि मात्र ऋतिकको कार कुनै चिटिक्क महलजस्तै देखिएको हो ।

कारको ‘बि क्लास’ भाग पूरै ‘मोडिफाइड’ गरिएको छ । जहा“ दोस्रो पंक्तिलाई ‘क्याप्टेन’ सिटको रुप दिइएको छ । तेस्रो पंक्ति सोफा सिट हो । यी दुई पंक्ति आमनेसामने छन् । होराइजेन्टद आकारको सोफासिटमा खाना सुविधा उपलब्ध छ । यो सिट एक बेडसरहकै आकारमा छ ।

कारको भित्रितर्फ ‘एम्बिएन्ट लाइटिङ’ र ‘रिडिङ लाइट’ जडान गरिएको छ । भित्रि सजावटमा आकर्षक बत्तीजडित छन् । छतमा एसी, रेफ्रिजरेटर र केन्द्रिय भागमा टेबल छ ।

यद्यपि, कारको इन्जिनमा भने कुनै किसिमको परिवर्तन गरिएको छैन । यसअतिरिक्त गाडीमा ३२ इन्चको टेलिभिजन पनि छ ।

ऋतिकको सौख ध्यानमा राख्दै गाडीको सिटको रङ सेतो बनाइएको छ । अगाडिको दुई सिटमा ‘इलेक्ट्रिक कन्ट्रोल’ छ ।

तपाईको प्रतिक्रिया