आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – जापानलाई कर्मभूमि बनाउँदै आएकी गायिका तथा मोडल सोना केसीको नयाँ म्युजिक भिडियो ’क्यारम् मोयालाई’ बजारमा आएको छ ।

शिव हमालको शब्द, संगीत रहेको सो गीतमा गायिका केसीलाई स्वरमा कुलेन्द्र बिश्वकर्माले साथ दिएका छन् ।
गायिका केसीको आफ्नै युट्युब च्यानलबाट शनिबार सार्बजनिक भएको सो गीतमा स्वयम केसी, गम्भीर बिष्ट र बिनोद जनैदारको फिचरिङ रहेको छ ।

मौसमी हिमालीको निर्देशनमा तयार भएको सो म्युजिक भिडियोमा कृष्ण बिक (भाञ्जा) को संगीत संयोजन रहेको छ ।

माया-प्रीतिको सेरोफेरोमा रुमल्लिएको कथावस्तुमा आधारित एक-अर्काप्रतिको आकर्षण केन्द्रीय भाव रहेको सो गीतले परिवर्तित पछिल्लो साँगीतिक बजारको मनोभाव एवं दर्शक-स्रोताको मन जित्न सक्ने अपेक्षा गरिएको छ ।

बिदेशमै रहेर पनि गीत र संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी गायिका तथा मोडल केसीको किन हो बिर्सनी, सारा सेरोफेरो, बरिलै, बिदेश रंगियो सारीले लगायतका थुप्रै दोहोरी तथा तीजविशेष गीतका म्युजिक भिडियो बजारमा आईसकेका छन् भने हालसम्म उनले सयौं गीतहरुमा मोडल गरिसकेकी छिन् ।

’प्रवासको प्रतिकुल अवस्थाका बीच गीत-संगीतको क्षेत्रमा साधना, सिर्जना र गायकीलाई निरन्तरता दिन अत्यन्त कठीन छ’ – गायिका केसीले भनिन् – ’तथापी थप अर्को प्रयास स्वरुप ’क्यारम मोयालाई’ लिएर यहाँहरुको माझ आएकी छु, मलाई अगाडि बढ्नका लागि प्रेरणाको स्रोत तपाईहरुको सदाझैं साथ, सहयोग र हौसलारुपी रचनात्मक सुझाव एवं प्रतिक्रियाको अपेक्षा गरेकी छु ।’

तपाईको प्रतिक्रिया