शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्सको लेनदेन मामिलामा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ ।
नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले मंगलबार करिब चार बजे उनलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । एनसीबीले उनको कस्टडीको माग नगरिकन उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन अपिल गरेको थियो जबकी रियाका वकिललले जमानतको माग गरिरहेका थिए ।
अदालतले जमानतको माग खारेज गर्दै उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दियो ।

सुशान्त सिंह मामिलामा ड्रग्स एंगल सार्वजनिक भएपछि एनसीबीले उनीसँग पछिल्लो तीन दिनदेखि सोधपुछ गरिरहेको थियो । मंगलबार पनि एनसीबीले उनीसँग घण्टौं सोधपुछ गरेपछि उनलाई पक्राउ गर्ने निर्णय गरेको हो ।

उनका भाइ शोविक चक्रवर्तीलाई एनसीबीले पहिले नै गिरफ्तार गरिसकेको छ । एनसीबीले यो मामिलामा रियासमेत अन्य १० जनालाई पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया