Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा दुई जनामा कोरोना संक्रमण देखिएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कुटपिट गरिएको थियो ।

घटनामा संलग्न १६ जनालाई अहिले परिसरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिएका छन् । त्यस दिन झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । झडपपछि स्थानीय प्रशासन र स्थानीयबीच छलफल गरी भएको सहमति अनुसार भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आइतबार कडा सुरक्षाका बीच रथ तानिएको छ ।

तपाईको प्रतिक्रिया