शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

आफुलाई कोरोनाभाइरसको संक्रमण देखिएको बारे अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् ।

उनी निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । त्यस्तै अभिनेता अर्जुनको अर्को नयाँ फिल्म भूत पुलिस को चर्चा छ । यस फिल्ममा उनीसँगै अभिनेता सैफ अली खान पनि देखिदैछन् ।

तपाईको प्रतिक्रिया