Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – चीनले बनिरहेको कोरोनाविरुद्धको भ्याक्सिनको पाकिस्तानमा देशमा क्लिनिकल ट्रायल हुने भएको छ । चाइना नेशनल बायोटिक ग्रुप (सिएनबिजी) र सिनोभ्याक बायोटेक लिमिटेडले बनाइरहेको भ्याक्सिनको ट्रायल अब पाकिस्तान र सर्बियामा समेत हुने अनुमति पाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोरोनाको भ्याक्सिन बनाउने दौडमा चीन समेत अगाडी रहेको देखिएको छ । यस अघि अनुमति बिना नै चीनले बनाएको कोरोनाको भ्याक्सिन अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मिलाई लगाएको रिपोर्ट बाहिर आएको थियो ।

भ्याक्सिनको ट्रायलको क्रममा सर्बिया र पाकिस्तानले अनुमति दिएसँगै चीनको भ्याक्सिन विश्वका बिभिन्न देशमा हुनेक्रम जारी रहेको छ । यसअघि युएई, बहरिन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यो भ्याक्सिनको ट्रायल भइसकेको छ ।

सिएनबिजीले तेस्रो चरणको ट्रायलमा ५० हजार भन्दा बढी सहभागी हुने बताएको छ । चीनमा अहिले कोरोनाको संक्रमण लगभग शुन्य जस्तै भएकाले चीनले आफुले बनाइरहेका भ्याक्सिनको ट्रायल अन्य मुलुकमा गरिरहेको छ ।

यो भ्याक्सिन सिएनबिजीको वुहान र बेजिंग युनिटमा बनाइएको हो । पाकिस्तानमा बेजिंग युनिटमा बनाइएको भ्याक्सिन ट्रायल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया