आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – धान कृषि उद्योगको मुख्य आधार हो र जापानको मुख्य खाद्य पदार्थ मध्ये एक हो । धान परम्परागत रूपमा शरद ऋतुमा हातले काटिन्छ, यद्यपि यो मेसिन मार्फत पनि गर्न सकिन्छ । विधि जस्तोसुकै भए पनि धान कटनी गरिसकेपछि र अन्न निकालिए पछि, बाँकी रहेको धानको पराललाई जापानी भाषामा “वारा” भनेर चिनिन्छ ।

सामान्यतया विगतमा पराल गाईबस्तुलाई खुवाउन, घरको छाना बनाउनको लागि प्रयोग हुन्थियो, बिस्तारै दैनिक उपयोगी फेसनल सामानहरु जस्तै जुत्ता, पर्स, टोपी बनाउन पनि प्रयोग हुन थाल्यो ।

जापानको निइगाता प्रान्तको निइगाता शहर जापानको धान उत्पादन गर्ने प्रमुख क्षेत्रमा पर्दछ । निइगाता शहरले परालको पुनः प्रयोग र रिसायकलको अवधारणालाई छुट्टै पहिचान दिएको छ ।

सन् २००८ साल देखि निइगातामा अगष्टको अन्त्य देखि नोभेम्बरको सुरुसम्म वारा आर्ट फेस्टिवल (わらアートまつり) मनाउने चलन छ । उत्सवमा धानको परालको उपयोग हुने विभिन्न कला कार्यहरू प्रदर्शन गरिन्छ । स्थानीयले काठ र पराल प्रयोग गरेर आकर्षक मूर्तिहरु प्रदर्शन गरेका हुन्छन् । प्रत्येक वर्ष मूर्तिकलाको बिभिन्न विषयवस्तु हुने गर्दछ । यसका अतिरिक्त फेस्टिवलमा संगीत र नृत्य, बिक्रीको लागि स्थानीय उत्पादनहरू पनि हुन्छन् ।

विशेष गरेर परालले बनेको ठुला ठुला मूर्तिको करणले चर्चामा रहेको “वारा आर्ट फेस्टिवल” यो वर्ष भने कोरोना भाइरसको कारणले रद्ध भएको छ ।

बिभिन्न वारा फेस्टिवलमा प्रदर्शन गरिएका परालका मूर्तिहरु :-

तपाईको प्रतिक्रिया