आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – ९४ वर्ष देखि सञ्चालन हुँदै आएको टोकियोको नेरिमा वार्डस्थित तोसिमाएन अम्युजमेन्ट पार्क आज सोमबारबाट बन्द हुने भएको छ । सन् १९२६ सेप्टेम्बरमा स्थपना भएको सो पार्क Seibu Railway Co.,को स्वामित्वमा रहेको छ । कम्पनीले उक्त्त स्थानमा ह्यारी पोटर थीम पार्क बनाउने योजना भएकोले हाल सञ्चालनमा भएको प्रसिद्ध तोसिमाएन पार्कको सेवा बन्द गरेको हो ।

टोकियोको ठुला मनोरञ्जन पार्क मध्येमा पर्ने तोसिमाएन पार्क रोलर कोस्टर, स्लाइडिङ, ३५० मिटर लामो डोनट आकारको पुल आदिका लागी प्रसंशा योग्य थियो ।

२२ हेक्टर क्षेत्रफलमा बनेको पार्कको अधिकांश भाग टोकियो महानगर सरकारले किनेको र बाकीमा सन् २०२३ को आधा सम्ममा ह्यारी पोटर थीम पार्क बन्ने बताइएको छ ।

नयाँ बन्न लागेको पार्कमा बेलायती लेखक जे.के. रोलिङको उपन्यासमा आधारित बेलायती-अमेरिकी चलचित्र “ह्यारी पोटर”को शृङ्खलाहरुमा प्रयोग गरिएको फिल्म सेट, भेशभूषा र प्रोप्सको प्रदर्शन गरिने छ । ह्यारी पोटरमा रहेका दृश्यसंग मिलाएर पार्कमा त्यहि किसिमका ठाउँ निर्माण गरिने छ । यो पार्क प्रख्यात उपन्यास र चलचित्र “ह्यारी पोटर”संग सम्बन्धित विषयवस्तु संकलित जापानको दोश्रो ह्यारी पोटर थीम पार्क हुनेछ । जापानको पहिलो ह्यारी पोटर थीम पार्क ओसाकाको युनिभर्सल स्टुडियोमा अवस्थित छ ।

विश्व चर्चित जे.के. रोलिङको ह्यारी पोटर उपन्यासको शृंखला १९९७ मा आएपछि जापानमा पनि सर्वाधिक लोकप्रियता पाउन सफल भएको थियो ।

तपाईको प्रतिक्रिया