आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानमा अनुहार मास्क धेरै पहिले नै लगाउने चलन छ । अहिले कोरोनाको युगमा त यो हामीबीच दैनिक जीवनको अभिन्न पक्ष भैसकेको छ । यसैबीच जापानमा थरि थरिका मास्कको विकास भैरहेको भेटिन्छ । कतै स्मार्ट मास्कको चर्चा, कतै डिजानर मास्कको चर्चा छन् । मास्कका थुप्रै रचनात्मक डिजाइनहरु बजारमा देखिन्छन् जस्तै मोंस्टर मास्क, चम्किरहेको गेमर मास्क, होस्टेस क्लब कामदारहरूको लागि स्टाइलिश मास्क आदि ।

जापानको ताकेया स्टोरले भने स्टाफहरुलाई ग्राहकबीच आमन्त्रित र मैत्रीपूर्ण देखाउन स्टाफको मुस्कानको फोटो भएको मास्कसहित “मुस्कान अभियान” सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया