मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौँ – सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने र भाइरसको संक्रमण फैलने जोखिम धेरै रहने हुँदा कार्ड प्रयोग गरेपछि हात स्यानिटाइज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

ह्यान्ड स्यानिटाइजर संक्रामक तत्वलाई कमी गर्नका लागि प्रयोग हुने एक प्रकारको झोल, फिँज वा जेलमा उपलब्ध हुने पदार्थ हो।

ह्यान्ड स्यानिटाइजर प्रयोग गर्दा निम्न कुराहरु गर्नुपर्छः

– एउटा हातको हत्केलामा सेनिटाइजर लगाउने
– दुवै हात एकआपसमा मिच्ने, दल्ने
– हात सुक्खा नहुन्जेलसम्म हात तथा औंलाहरुको सम्पूर्ण भागमा दलिराख्ने

ह्यान्ड स्यानिटाइजर अस्पताल तथा स्वास्थ्य सेवामा सन् १९६० को दशकमा प्रयोमा ल्याइएको पाइए तापनि सन् १९९० तिर बढी प्रख्यात भएको हो।

सही तरिकाले प्रयोग गरेमा गुणस्तरीय ह्यान्ड स्यानिटाइजरले क्षयरोग लगाउने ब्याक्टेरिया लगायत विभिन्न प्रकारका ब्याक्टेरिया तथा रुघाखोकी लगाउने भाइरस, एचआइभी तथा कोरोना भाइरस लाई पनि नष्ट गर्छ।

तपाईको प्रतिक्रिया