Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रादोरले रुसको कोरोनाविरुद्धको खोप प्रभावकारी सावित भए आफूले पनि त्यसको प्रयोग गर्ने बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले पनि यसअघि आफूले रुसको खोप लगाउने बताएका थिए । तेस्रो तथा अन्तिम परीक्षण नगरेका कारण रुसको खोप प्रभावकारी छ या छैन भन्नेमा विश्वभरका विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

यस खोपले विश्व स्वास्थ्य संगठन डब्लूएचओको मान्यता पनि पाएको छैन । यद्यपी रुसले ‘स्पुतनिक भी’ नाम खोपलाई आफ्नो देशमा प्रयोगको लागि स्वीकृति दिइसकेको छ । रुसले आफूले बनाएको खोपमा विश्वास नहुने देशले आफैंले खोप बनाउनु पर्ने बताएको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया