Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलाउन २० देखि ४० बर्षका युवाहरुको ठुलो हात रहेको बताएको छ ।

डब्लुएचओकी वेस्टर्न प्यासिफिक क्षेत्रीय निर्देशक ताकेशी कासाईले धेरै जसोलाई आफुलाई कोरोना भएको समेत थाहा नभएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘यो रिपोर्टले कोरोना फैलिने सम्भावना झन् बढेको छ भने बृद्ध र घना बस्तीमा कोरोनाको उच्च जोखिम भएको छ ।’ विश्वमा कोरोनाबाट अहिलेसम्म २ करोड २० लाख संक्रमित भएका छन् भने ७ लाख ७७ हजारको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया