शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – भारतीय अभिनेता आमिर खानको एक भेटले भारतमा राजनीतिक बबाल मच्चिएको छ। १५ अगस्टमा टर्कीकी प्रथम महिला एमी अर्दोनानले ट्वीटरमाफर्त सार्वजनिक गरेका तस्वीहरुका कारण भारतमा आमिर खानको निकै आलोचना भइरहेको छ।

एमी आर्दोनन टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोनानकी श्रीमती हुन्। उनले ट्वीटरमा संसारका चिरपरिचत फिल्म निर्माता, निर्देशक र अभिनेता आमिर खानसँग भेटेकोमा खुशी व्यक्त गरेकी छन्।

आमिर खानको यो भेटले भारतमा राजनीतिक बबाल उत्पन्न गराइदिएको छ। सामाजिक सञ्जालमा आमिर ट्रोल भइरहेका छन्। यसको एक कारण हो भारत र टर्कीबीचको सम्बन्ध। मुस्लिम बहुल टर्की भारतभन्दा पाकिस्तानको समर्थन गर्छ। टर्कीका राष्ट्रपति अर्दोनानले धेरैपटक भारत विरोधी अभिव्यक्ति दिएका छन्। त्यसैले भारतीयहरु अर्दोनानलाई दुश्मन मान्छन्। कश्मीर मुद्दादेखि पाकिस्तानसम्मको मुद्दामा टर्की भारत विरोधी खेमामा छ। त्यसैले पनि आमिर खानको यो भेटलाई भारतमा आलोचना गरिएको हो।

तपाईको प्रतिक्रिया