Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा निको हुनेहरुको संख्या १७ हजार नाघेको हो । मन्त्रालयका अनुसार हाल मुलुकभर ९ हजार ६ सय ३९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् ।

यस्तै, क्‍वारेन्टाइनमा बस्‍नेहरुको संख्या १५ हजार १ सय ९८ छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया