काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ५७ हजारभन्दा बढी कोरोना संक्रमित ठिक भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ५८४ जना संक्रमित ठिक भएका छन् । यो भारतमा एकै दिन ठिक भएको अहिलेसम्मको ठुलो संख्या हो ।
भारतमा अहिलेसम्म कोरोना संक्रमण ठिक हुने प्रतिशत ७२.५१ रहेको छ । भारतमा अहिलेसम्म कुल संक्रमित २६ लाख ४७ हजार ६६४ पुगेको छ । जसमा १९ लाख १९ हजार ८४३ जना ठिक भएका छन् भने ६ लाख ७६ हजार ९०० कोरोना संक्रमित विरामी उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ४१ हजार ४०० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७ लाख ३१ हजार ६९७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । भारतमा अहिलेसम्म १४७० कोरोना परिक्षण ल्याबबाट परिक्षण भइरहेको छ, जसमा ९६९ सरकारी र ५०१ निजी ल्याब रहेका छन् ।
त्यस्तै भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको छ ।