Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – अहिले विश्वका लागि ठूलो महामारी बनेको छ, कोरोनाभाइरस । गत वर्ष डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा मानिसमा देखिएको कोरोनाभाइरस संक्रमण अब विश्वभर फैलिएको छ ।

यो भाइरसबारे अहिलेसम्म आएको जानकारीअनुसार पछिल्ला केही महिना यो भाइरस विश्वका विभिन्न देशमा थप संक्रामक देखिन थालेको छ । अब विश्वका केही देशमा जाडो मौसम सुरु हुँदैछ । र, वैज्ञानिकहरु यसबारे अध्ययन गर्न थालेका छन् कि कतै यो भाइरस थप आक्रामक हुने त होइन ?

यसबारे ठोस जानकारी आएको छैन । तर, वैज्ञानिकहरु थप चिन्तित चाहिँ भएका छन् । बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार केही वैज्ञानिकहरुले कोरोनाभाइरस जाडो मौसममा थप सक्रिय हुने अनुमान पनि गरेका छन् । अनि यसको दोस्रो लहर पनि जाडो मौसममा आउन सक्ने बताइएको छ । यस्तो भएमा कोरोनाले जाडोमा थप धेरै मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

हो, यो पूर्वानुमान अहिले जटिल र अनिश्चित लाग्न सक्छ । तर, उत्तरी गोलार्धका देशका लागि यो चिन्ताको विषय पनि बन्दै गएको छ । त्यसैले प्रश्न उठेको छ, के कोरोनाभाइरस जाडो मौसममा थप संक्रामक हुने त होइन ? अरु भाइरसलाई जस्तै यो भाइरसलाई पनि व्यवहार गरियो भने यो थप समस्याग्रस्त हुनसक्ने धेरै वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

कोलम्बिया विश्वविद्यालयमा वातावरणीय विज्ञान विभागका प्रोफेसर मिकेला मार्टिनेजका अनुसार मौसम बदलिँदा भाइरसहरुले पनि आफ्नो स्वरुप बदल्न थाल्छन् । वैज्ञानिक अध्ययनहरुले यस्तो देखाएको उनले बताएकी छिन् । मिकेलाका अनुसार मानिसमा संक्रामक रोगले गर्ने हमला एक विशेष मौसममा आधारित हुन्छ । हामीलाई रुघाखोकी लागेजस्तै । अनि गर्मीमा पोलियो र अरु संक्रामक रोगहरुको विस्तार छिटो भएजस्तै ।

यसलाई नै लिएर वैज्ञानिकहरुले अहिले चिन्ता व्यक्त गर्न थालेका हुन् । अनि यसको कारणमा वैज्ञानिकहरुले कोरोनाभाइरस ह्युमिडिटी बढी हुँदा कम फैलिएको पाएा छन् । त्यसैले, अब जाडोमा तापमान कम हुँदा ह्युमिडिटी कमी हुने भएकाले कोरोना संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ । कोरोनाकै सन्दर्भमा भन्ने हो भने अहिले वैज्ञानिकहरुले यो भाइरसमाथि ल्याबमा गरेका अनुसन्धानमा त मौसम बदलिँदा भाइरसको परिवर्तन पनि अर्कै ढंगले भएको बातएका छन् ।

तर, यो निश्चित होइन कि प्रयोगशालामा भाइरसले जस्तो असर देखाएको छ, त्यस्तै बाहिरी दुनियाँमा पनि देखाउँछ । अर्कोतिर कोरोनाको सन्दर्भमा भने यो उल्टो हुनसक्ने बताइएको छ । त्यसैले त बेलायती सरकारको एक रिपोर्टमा अब कोरोनाभाइरसको दोस्रो लहर आउन सक्ने चेतावनी दिन थालिएको छ ।

तपाईको प्रतिक्रिया