Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौँ – मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मेक्सिको ६२७ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार २९३ पुगेको हो ।

मेक्सिको कोरोनाबाट अहिलेसम्म धेरै मृत्यु हुने देशहरुमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । अमेरिकामा अहिलेसम्म एक लाख ७० हजार ४१५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ५ हजार ५६४ जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा पछिल्लो २४ घण्टामा ७ हजार ३७१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै मेक्सिकोमा अहिलेसम्म ५ लाख ५ हजार ७५१ जना संक्रमित भएका छन् । त्यस्तै अहिलेसम्म ३ लाख ४१ हजार ५०७ जना ठिक भएका छन् भने एक लाख ८ हजार ९५१ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया