मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – अन्तिम कोरोनाभाइरस रिपोर्ट नेगेटिभ आएपछि बलिउड अभिनेता अभिषेक बच्चन अस्पतालबाट घर फर्किएका छन् ।

केही दिनअघि मात्र उनका बाबु तथा अभिनेता अमिताभ बच्चन पनि कोरोनालाई जितेर घर फर्किएका थिए । अब छोरा अभिषेक घर फर्किएको खुसीयाली अमिताभले सामाजिक सन्जालबाट सेयर गरेका छन् ।

अभिषेक २८ दिन कोरोनाभाइरस संक्रमणको पुष्टि भएसँगै बाबुसँगै नानावती अस्पतालमा भर्ना भएका थिए । अब छोरा फर्किएको खुसीयालीमा अमिताभले ट्विटरमा एक पोस्ट राखेका छन् । त्यसमा उनले लेखेका छन्- घरमा स्वागत छ, ईश्वरको महिमा अपरम्पार छ ।

तपाईको प्रतिक्रिया