Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – पर्सामा ५ भारतीय थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

नयाँ संक्रमितमा २५ जना पर्साका, ५ भारतीय थुनुवा हुन् भने बारा र सर्लाहीका १-१ जना रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका थुनुवामा कोरोना संक्रमण पुष्टि हो ।

संक्रमण पुष्टि भएका सबैको ट्राभल हिस्टी छैन । ट्राभल हिस्ट्री नभएकाहरुलाई धमाधम संक्रमण पुष्टि हुन थालेपछि पर्सामा समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने नारायणी उपक्षेत्रिय अस्पतालका कोभिड संयोजक डा. उदय सिंहले बताए ।

तपाईको प्रतिक्रिया