Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा धनुषाका १ पुरुष र ४९ वर्षीया चिनियाँ महिला रहेकी छिन् । उनी पोखरामा बस्थिन् ।

मन्त्रालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई साउन २ गते ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । कोभिड पुष्टि भएपछि उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा साउन ७ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिकामा बस्ने ६० वर्षीय पुरुष खोकी, ज्वरोलगायत समस्या लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको भेन्टिलेटरमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले जानकारी गराएका हुन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको बताए ।

तपाईको प्रतिक्रिया