टोकियो – फास्ट फूडको रुपमा स्थान ओगट्दै आएका रेष्टुरेन्टहरूको प्रतिनिधि हो “म्याकडोनाल्ड्स”।
म्याकडोनाल्ड्सका बर्गर, चिकेन नगेट्स, फ्राइज, स्न्याक र्याप, चिकेन स्याण्डबीच लगायतका उत्पादन संसारभर लोकप्रिय छन् ।
विश्वभर विस्तार भएकाे फास्ट फूड कम्पनी म्याकडोनाल्ड्स १९४० मा दुई म्याकडोनाल्ड दाजुभाइ रिचर्ड र मोरिस म्याकडोनाल्डले क्यालिफोर्नियाबाट सुरु गरेका हुन् ।
बेग्लै स्वाद, छिटो सेवा र सस्तो मूल्यका कारण म्याकडोनाल्ड्स अमेरिकामात्र नभएर विश्वभर उत्तिकै लोकप्रिय छ ।अहिले यो ठूला बहुराष्ट्रिय कम्पनीहरूमध्ये एक भैसकेको छ । हाल म्याकडोनाल्ड्सका चेन रेष्टुरेन्ट विश्वका १२० मुलुकमा करिब ३८ हजार स्थानमा छन् । अमेरिकामा मात्रै करिब १५ हजार वटा म्याकडोनाल्ड्स रहेका छन् ।
त्यस्तै म्याकडोनाल्ड्सको पहिलो र महत्त्वपूर्ण एसियाली बजार जापान हो । जापानमा पहिलो पटक सन् १९७१ मा टोकियोको गिन्ज़ामा म्याकडोनाल्ड्सको आउटलेट स्थापित भएको थियो । जापानमा अहिले करिब तीन हजार स्थानमा म्याकडोनाल्ड्स रहेका छन् । जापान पछि एसियामा सबै भन्दा धेरै म्याकडोनाल्ड्स चीनमा रहेका छ ।
म्याकडोनाल्ड्सका विभिन्न फ्रेन्चाइजमा विश्वभर करिब २० लाख भन्दा धेरैले रोजगारी पाएका छन् । हरेक वर्ष म्याकडोनाल्ड्सले २० अर्ब अमेरिकी डलर भन्दा धेरै कमाइ गर्ने गरेको छ ।
म्याकडोनाल्डले जापानमा मात्र करिब १ लाख ५० हजार कामदारहरुलाई रोजगारी दिंदै आएको छ । म्याकडोनाल्ड क्याफेहरुमा हजारौंको संख्यामा नेपालीहरुले रोजगारी पाउँदै आइरहेका छन् ।
निकै तीब्र गतिको सेवा, फरक स्वादको खानेकुरा, सेवाग्राहीप्रतिको विश्वास र तुलनात्मक रुपमा सस्तो मूल्यका कारण म्याकडोनाल्ड्स अमेरिकामा मात्र नभई विश्वभर उत्तिकै लोकप्रिय छ ।
अमेरिकी फास्टफुड चेन कम्पनी ‘म्याकडोनल्ड’ अतिरिक्त जापानमा धेरै फास्ट फूड रेष्टुरेन्टहरू छन् जस्तै बर्गर किंग्स, केएफसी आदि।***