मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाण्डौ – महानायक राजेश हमालले आफ्नो विषयलाई लिएर चलचित्र क्षेत्रमा भइरहेको विवादबारे मुख खोलेका छन् । फेसबुक लाइभमार्फत हमालले आफ्ना धारणा राखेका हुन् ।

उनले आफ्नो महानायक सम्मानको विषयमा भएको विवाद र नकारात्मक बहसले दु:ख लागेको बताएका छन् । खासगरि आफू आबद्व कला तथा सिने क्षेत्रमा भएको वादविवाद, आरोप-प्रत्यारोपप्रति उनले दु:ख व्यक्त गरेका हुन् ।

आफुलाई लक्षित गरेर दिपाश्री निरौलाले व्यक्त गरेका कुरालाई लिएर तीन हप्तादेखिको बहस अन्त्य गर्न उनले आग्रह गरेका छन् । दिपाले भनेका कुरालाई आफुले नजरअन्दाज गरेको उल्लेख गर्दै उनले दर्शकलाई पनि संयम बन्न आग्रह गरेका छन् ।

फराकिलो हृदय बनाएर दिपाप्रति मानवता देखाइदिन उनले दर्शकलाई आग्रह गरेका छन् । `कसैको मानवतामा आँँच नपुग्ने गरि आफ्ना अभिव्यक्तिहरु प्रकट गरौँ ।´ उनले भनेका छन् ।

हमालले दिपाश्रीको नाम एकपटक पनि लिएका छैनन् । सुरुमा मेरा सहकर्मी भनेका छन् भने अन्तिममा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला भनेका छन् ।

https://www.facebook.com/rajesh.hamal.5872682/videos/2678942862320554/

तपाईको प्रतिक्रिया