बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – केवल अपरेटरहरुले केही दिनदेखि बन्द गरिएका भारतीय च्यानलहरु खुला गरेका छन् ।

बन्देज लगाइएका च्यानल मध्ये नेपालको बारेमा भ्रामक समाचार दिएका समाचार च्यानलबाहेक अन्यलाई खुला गरिएको केवल अपरेटरहरुले जनाएका छन् ।

तत्काललाई आजतक, जी–न्युज, एबिपी न्यूज, इन्डिया टिभीलगायतका चार च्यानल बन्द रहने म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

ग्राहकको माग र आम्दानीको पनि विषय भएकाले अहिलेलाई केही च्यानलमात्र बन्द गरिएको सेवा प्रदायकको भनाइ छ ।

तपाईको प्रतिक्रिया