बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – नेपाली नारीहरुको उत्साहको पर्व तीज नजिकिदैं गर्दा लोक तथा दोहोरी गायिका सिता थापा मगरले तीज विशेष गीत ’ओए मेरो नक्कले…’ बजारमा ल्याएकी छिन् । सो गीतमा उनलाई स्वरमा यज्ञ विकले साथ दिएका छन् भने नरेशबिर सिंह र सारिका केसीको फिचरिङ रहेको छ । शुभारम्भ डिजिटल प्रा. लि. को युट्युब मार्फत शुक्रबार बजारमा ल्याईएको उक्त तीज गीतको म्युजिक भिडियोलाई २४ घण्टा नबित्दै १ लाखभन्दा बढि दर्शकले हेरिसकेका छन् ।
म्युजिक भिडियोमा रमेश परियारको लय-शब्द, बिनोद बाजुरालीको एरेञ्ज, बिमल छिनालको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको छ ।
गायिका थापा मगरले यस अघि पनि ’बजाईदेउ ताली…..’, ’बरिलै काँकरी झालैमा….’ लगायतका तीज विशेष गीतहरु बजारमा ल्याईसकेकी छिन् ।
नारीप्रधान पर्व तीजको परिवेशलाई समेटेर फरक शैलीमा ’ओए मेरो नक्कले’ गीत दर्शकसामु पस्किएको बताउँदै गायिका थापा मगरले यसलाई सुनेर, हेरेर रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया दिई हौसला प्रदान गरिदिन स्वदेश तथा विदेशका समस्त गीत-संगीतप्रेमी दर्शकहरुमा अनुरोध गरेकीछिन् ।*** भिडियोका लागि तलको फोटोमा क्लिक गर्नुहोला।

तपाईको प्रतिक्रिया