काठमाडौँ – संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण बिरामी भएका ७१ लाख ८६ हजारभन्दा बढी व्यक्ति निको भएर फर्केका छन्।
उत्तर अमेरिकी मुलुकहरुमा १७ लाख ३२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १९ लाख २० हजार ५३९ जना र दक्षिण अमेरिकी मुलुकहरूमा पनि १७ लाख ७९ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी अफ्रिकी मुलुकहरूमा संक्रमितमध्ये २ लाख ६५ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् भने अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा पनि संक्रमित भएकोमा ९ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसले १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख २२ हजार ८२५ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।