Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

टोकियो – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण पाइएको स्वीकार गरेको छ ।

यसअघि डब्लुएचओले ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने अध्ययनले देखाएकोले आफ्नो कोरोना बारेको मापदण्डमा परिवर्तन गर्न डब्लुएचओलाई चिट्ठी लेखेर अनुरोध गरेको विश्व अस्विकार गरेको थियो ।

डब्लुएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिने विषय अहिले पनि अध्ययन मै रहेको भएपनि केहि प्रमाण भेटिएको बताएकी छन् ।
डा.मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।

यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।

तपाईको प्रतिक्रिया