Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । ७७ वटै जिल्लामा फैलिएको कोरोना भाइरस संक्रमणबाट ४ जिल्ला संक्रमणमुक्त भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्लामा हाल कुनैपनि कोरोना संक्रमित छैनन् । यी जिल्लामा पहिले कोरोना देखिएपनि अहिले निको भएर घर फर्किसकेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

‘७७ जिल्लामै कोरोना देखिएकोमा अहिले चार जिल्ला कोरोना फ्री भएका छन्,’ प्रवक्ता गौतमले भने, ‘प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोना संक्रमित छैनन् ।’

देशका अन्य जिल्लामा पनि विगत एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितहरू घट्दो क्रममा रहेको उनले बताए । मंगलबार २०४ जना संक्रमित थपिएसँगैनेपालमा संक्रमितको संख्या १६ हजार १६८ मा पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया