मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सोमबार युट्युबमा सार्वजनिक भएको छ । सुशान्त र अभिनेत्री सन्जना सांघीको मूख्य अभिनय रहेको फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भए लगत्तै दर्शकले निकै रुचाएका छन् ।

सुशान्तको यस फिल्मको ट्रेलरले छोटो समयमा नै धेरै लाइक पाएको छ । यो ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो।

चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।

मुकेश छाबडाको निर्देशनमा बनेको यस फिल्मको रिलिज मितिपनि घोषणा गरिएको छ । यस फिल्मको रिलिज जुलाई २४ मा गरिने बताइएको छ । यो फिल्म हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।

डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने भारतिय मिडियामा बताइएको छ ।

फक्स स्टार स्टूडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ । क्यान्सरसँग लडिरहेकी एक यूवती र एक यूवकको विचको प्रेम कथामा चलचित्र बनेको छ । चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छिन् ।

तपाईको प्रतिक्रिया